थप राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउन बालकोटमा एमाले बैठक

मंगलबार, ०९ माघ २०७४, ११ : २१
थप राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउन बालकोटमा एमाले बैठक

काठमाडौं । नेकपा एमालेले आज १६ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउँदैछ । माओवादी केन्द्रसँग राष्ट्रियसभा निर्वाचनमा भएको तालमेल अनुसार एमालेको भागमा २९ उम्मेदवार परेको छ । त्यस मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो  सोमबार बेलुका लगाएको थियो ।

जसअनुसार एमालेले आज ४ वटा प्रदेशको राष्ट्रिय सभाका उमेदवारको नामावली टुङग्याउने छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बिहान ११ बजेदेखि बस्ने  स्थायी कमिटी बैठकले प्रदेश नम्बर १, २,३ र ४ को राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।  

सोमबारको बैठकमा ७ नम्बर प्रदेशबाट ४ जना , ५ नम्बर प्रदेशबाट ५ जना र ४ नम्बर प्रदेशबाट ४ जनाको नाम टुंगो लगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस