प्रेस युनियन चितवनले यस वर्षलाई रजत वर्षका रुपमा मनाउने

शनिबार, ११ जेठ २०७६, १९ : ३६
प्रेस युनियन चितवनले यस वर्षलाई रजत वर्षका रुपमा मनाउने

चितवन । नेपाल प्रेस युनियन चितवनले यस वर्षलाई रजत वर्षको रुपमा मनाउने भएको छ । स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी रजतवर्ष मनाउने शनिवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 
रजतजयन्तीका वर्षभरी हुने विभिन्न कार्यक्रम सम्पन्न गराउन युनियनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा १५१ सदस्यीय मुल आयोजक समिति पनि गठन गरेको छ । युनियनले हरेक महिना एउटा कार्यक्रम हुनेगरी वर्षभरीका विभिन्न कार्यक्रम पनि सार्वजनिक गरेको छ । 
यही जेठ १३ गते वाकाथुनसहित कार्यक्रमको शुभारम्भ हुने अध्यक्ष ढकालले बताए । अन्य कार्यक्रमहरुमा जिल्लाका सरकारी निकायका सूचना अधिकारीसँग पत्रकारको अन्तरक्रिया, महिला पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण, अन्तरमिडिया फुटसल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, भ्रमण वर्ष २०२० लक्षित कार्यक्रम गर्ने, वातावरण संरक्षणसम्बन्धी सचेतना अभियान रहेका छन । 
यस्तै श्रमजिवी पत्रकारको अवस्था र कार्यान्वयन विषयमा अन्तरक्रिया, खुल्ला फोटो प्रतियोगिता, अग्रज पत्रकारहरुलाई सम्मान, पत्रकारहरुका लागी आँखा, दन्त परिक्षण, इच्छाकामना गाँउपालिकामा स्वास्थ्य शिविर, क्यान्सर सचेतना कार्यक्रम गरी रजत स्तम्भ अनवरण, स्मारिका विमोचनसँगै समापन गरिने युनियनले जनाएको छ । 
पत्रकार सम्मेलनमा पत्रकार महासंघका केन्द्रिय सदस्यद्धय कृष्ण गिरी, सृजना अ¥याल, युनियनका निवर्तमान अध्यक्ष नारायण अधिकारीको आतिथ्यता रहेको थियो । २०४८ साल जेठ १३ गत्ते केन्द्रीय समिति गठन भएको युनियनको जिल्ला समिति २०४९ सालमा स्थापना भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस