सिंहदरवारमा एमालेसँग राजपा र फोरम नेपालले छलफल गर्दै

मंगलबार, ०९ माघ २०७४, १० : १७
सिंहदरवारमा एमालेसँग राजपा र फोरम नेपालले छलफल गर्दै

काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले अहिले नेकपा एमालेसँग छलफल गरिरहेको छ ।
सिहदरवारस्थित एमालेको संसदीय दलको कार्यालयमा भइरहेको वार्तामा राष्ट्रिय सभा चुनावकको बारेमा छलफल भइरहेको बताइएको छ ।

दुई नम्बर प्रदेशमा वाम गठबन्धनसँग तालमले गर्ने उद्देश्यले राजपा नेपाल र फोरम नेपालले वार्ता गर्न लागेको हो । काँग्रेससँग पाँच सीटको दावी गर्ने राजपा नेपाल र फोरम नेपालले वाम गठबन्धनसँग ६ सीटको दावी गरेको छ ।

काँग्रेसले पाँच सीट दिने विषयमा हालसम्म जानकारी गराएको छैन । माघ ६ गते यी दुई पक्षकोबीचमा कुराकानी भएको थियो । सो बैठकमा राजपा र फोरमले पाँच सीटको दावी गरेपछि काँग्रेसले पार्टीमा छलफल गरेर जानकारी गराउने बताएको थियो ।
तर, काँग्रेसले जानकारी नदिएपछि राजपा र फोरम नेपाल वाम गठबन्धनतिर ढल्केका हुन् ।
एमालेसँग वार्ताको वतवारण बनाउने काम राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस