किशोरी मृत फेला, एक युवक पक्राउ

शुक्रबार, ०३ जेठ २०७६, १२ : ४९
किशोरी मृत फेला, एक युवक पक्राउ

प्रतिकात्मक फोटो

बैतडी । बैतडीको मेलौली नगरपालिकामा एक किशोरीको मृत्युपछि सो घटनाको सम्बन्धमा एक युवक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्दको मृत्यु प्रकरणमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका मेलौली नगरपालिका–१ का प्रशान्तसिंह क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।
  
क्षेत्रीले चन्दलाई जबर्जस्ती करणी गरी आत्महत्या गर्न बाध्य गरेको आरोप लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । बुधबार घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव फेला परेको थियो ।

सावित्रीको कोठामा खानतलासी गर्दा पक्राउ परेका क्षेत्रीको पर्स भेटिएको र पर्सभित्र फोटो, नागरिकता र १० हजार नगद फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।  घटनाको विषयमा सत्यतथ्य छानबिन हुनुपर्ने, दोषी भनिएका व्यक्तिलाई हदैसम्मको कानूनी कारवाही हुने ग्यारेन्टी हुनुपर्ने, शव जलाएपछि प्रमाण नष्ट हुनसक्ने आशङ्का रहेकाले शव बुझ््न नमानेको मृतकका आफन्तको भनाइ छ । सावित्री मणिलेक मावि काँडा मेलौलीमा कक्षा १२ मा अध्ययनरत थिइन् । (रासस) 

प्रतिक्रिया दिनुहोस