काठमाडौंको कालोपुलमा २० वर्षीय युवतीमाथि एसिड प्रहार

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, २१ : ४६
काठमाडौंको कालोपुलमा २० वर्षीय युवतीमाथि एसिड प्रहार

काठमाडौं। राजधानीमा एक युवतीमाथि एसिड प्रहार भएको छ । राजधानीको कालोपुलमा एसिड प्रहार भएको हो ।

बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ । 

एसिड प्रहार भएको भनिएकी युवतीको नाम जेनी खड्का रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस