Safal Khabar - एपिएफ भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेश, विरगंज युनाईटेड ३–१ ले पराजित
आइतबार, १२ जेठ २०७६ (Sunday, 26 May, 2019)
एपिएफ भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेश, विरगंज युनाईटेड ३–१ ले पराजित
मङ्गलबार, ३१ बैशाख २०७६, २० : ०४
एपिएफ भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेश, विरगंज युनाईटेड ३–१ ले पराजित

चितवन । एपिएफ भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार भएको अन्तीम क्वार्टर फाईनलमा विरगंज युनाईटेडलाई ३ – १ गोल अन्तरले पाखा लगाउँदै एपिएफ सेमिफाईनलमा प्रवेश गरेको हो । 
एपिएफको जितमा रमेस डंगोलले खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै नविन लामाले ५२ औँ मिनेटमा दोस्रो गोल गरे भने ६८ औँ मिनेटमा सन्तोष श्रेष्ठले टिमका लागी तेस्रो गोल गरे । 
उता विरगञ्ज युनाईडेडका लागी प्याट्टीकोले खेलको ७३ औँ मिनेटमा शान्तवना गोल फर्काए । एपिएफले लगातार ३ गोल गरेपछि विरगंज युनाईटेड निक्कै दवावमा परेको थियो ।  
मंगलवारको खेलसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । एपिएफसँगै संकटा क्लब, झापा ११ र चितवन ११ प्रतियोगिताको सेमिफाईनलमा प्रवेस गरेका छन । 
अब वुधवारबाट सेमिफाईनलका खेलहरु सुरु हुने रेफ्रि सुक्र तामाङले जानकारी दिए । पहिलो सेमिफाइनलमा घरेलु टिम चितवन ११ र संकटा भिड्ने छन ।
नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । ए जे ईन्टरनेसनल प्रालीद्धारा आयोजित प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ ।  
 

प्रतिक्रिया दिनुहोस