च्यासललाई हराउँदै झापा ११ भरतपुर गोल्डकपको सेमिफाईनलमा

सोमबार, ३० बैशाख २०७६, १५ : २६
च्यासललाई हराउँदै झापा ११ भरतपुर गोल्डकपको सेमिफाईनलमा

चितवन । झापा ११ भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न दोस्रो क्वार्टरफाईनलमा च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गर्दै झापा सेमिफाईनलमा प्रवेश गरेको हो । 
झापा र च्यासलबीच आइतबार भएको खेल हावाहुरीका कारण स्थगित भएको थियो । स्थगित हुनुअघि झापाको २ तथा च्यासलले १ गोल गरेको थियो । बाँकी १५ मिनेटको खेल आज खेलाइएकोमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछि झापा विजयी भयो । 
झापाका लागि संजोग राईले खेल सुरु भएको १ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यस्तै निसान लिम्बुले पहिलो हाफपछि थपिएको ४ मिनेटमा टिमको दोस्रो गोल गरे । 
च्यासलका लागि सवि गुरुङले ५९ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सुशील राई बने । उनले नगद १० हजार पाएका छन् । प्रतियोगिता अन्तर्गत आज अपरान्ह संकटा र जावलाखेल भिड्ने आयोजकले जनाएको छ । 
वैशाख २४ गतेदेखि सुरु भएको प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुनेछ । उपाधि विजेताले ६ लाखसहित गोल्डकप र उपविजेताले ३ लाख पाउने छ ।

प्रतिक्रिया दिनुहोस