चितवन ११ भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेस, आर्मिविरुद्ध कठिन जित

शनिबार, २८ बैशाख २०७६, २० : १२
चितवन ११ भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेस, आर्मिविरुद्ध कठिन जित

चितवन । चितवन ११ सिएमएस भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सनिवार भएको पहिलो क्वार्टरफाईनलमा आर्मिलाई ट्राईवेकरमा ६ – ७ गोल अन्तरले पराजित गर्दै चितवन ११ सेमिफाईनल प्रवेस गरेको हो ।  
निक्कै प्रतिस्पर्धात्मक खेलमा घरेलु टीम चितवनले पहिलो हाफको इन्ज्युरी समयमा १ गोल गर्दै अग्रता लिएको थियो । चितवनका क्याप्टेन रुमेस वर्तौलाले ४१ औँ मिनेटमा गोल गर्दै खेल १ शुन्यको अवस्थामा पु¥याएका थिए । 
यस्तै आर्मिका सञ्जीव तामाङले दोस्रो हाफमा गोल गर्दै खेललाई १ एकको बराबरी गरे । उनले खेलको अन्तिम समय ८५ औँ मिनेटमा गोल गरेका हुन । निर्धारीत ९० मिनेटको समय बराबरीमा सकिएपछि थपिएको ३ मिनेटमा पनि दुवै टिमबाट गोल हुनसकेन । त्यसपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा दुवै टिमका ९ – ९ जनाले प्राहार गरेकोमा चितवन ११ (६ – ७) विजयी भयो । 
आजको खेलमा चितवन ११ का क्याप्टेन रुमेस म्यान आफ दि म्याच भए । उनले १० हजार पाएका छन । 
यस्तै दोस्रो क्वार्टर फाईनलमा आईतवार झापा ११ र च्यासल युथ क्लब भिड्ने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए । 
वैशाख २४ गत्तेबाट नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । उपाधि विजेतालाई ६ लाखसहित गोल्डकप तथा दोस्रो हुने टिमले नगद ३ लाख पुरस्कार पाउने छ । 

प्रतिक्रिया दिनुहोस