भारतमा फानी नामक सामुद्रिक आँधीका कारण १६३ जना घाइते

एजेन्सी

बुधबार, २५ बैशाख २०७६, १६ : ०९
भारतमा फानी नामक सामुद्रिक आँधीका कारण १६३ जना घाइते

भुवनेश्वर । भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् । 
पुरीमा एकसय ६० र  भुवनेश्वरमा तीन जना घाइते भएका छन् ।  घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ । 
यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ ।
उडिसाको पुरी, गान्जाम, कटाक र बालासोरे जिल्लामा करिब १४ लाख १८ हजारलाई फानी प्रभावित स्थानबाट सारी अन्यत्रै लगिएको छ । पुरीमा गत शुक्रबारदेखि फानीको प्रकोप शुरु भएको थियो । (रासस/एएनआई) 

प्रतिक्रिया दिनुहोस