खेल क्षेत्र प्रदेश सरकारको विशेष प्राथमिकतामा छ : मन्त्री दुलाल

सफल खबर संवाददाता

मंगलबार, २४ बैशाख २०७६, १८ : २४
खेल क्षेत्र प्रदेश सरकारको विशेष प्राथमिकतामा छ : मन्त्री दुलाल

चितवन । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले खेलकुदको दिर्घकालीन विकासका लागी प्रदेश सरकारले योजवद्ध रुपमा काम गरीरहेको बताएका छन । भरतपुर गोल्डकपको उद्घाटन गर्दै मन्त्री दुलालले राष्ट्रको सिर उचो पार्ने खेल क्षेत्र सरकारको विशेष प्राथमिकतामा परेको बताएका हुन । 

प्रदेश सरकारबाट खेलकुद सम्बन्धी कानुन पारित गरेर योजनावद्ध रुपमा काम गरीरहेको मन्त्री दुलालको भनाई छ । प्रदेश सरकार संघिय सरकार र स्थानिय सरकारसँग मिलेर नयाँ ढंगवाट अघि बढेको बताउदै उनले भने विगतमा जस्तो खेल क्षेत्रलाई वास्ता नगर्ने काम अब हुँदैन । 

मन्त्री दुलालले नेपालको खेलकुद इतिहासको स्वर्ण युगमा प्रवेश गरेको बताएका छन । उनले विगतमा खेल क्षेत्रलाई राज्यले खासै वास्ता नगर्दा पनि खेलाडी र विभिन्न संघ सस्थाको निरन्तरको प्रयासमा विश्व खेलकुदमा नेपाललाई उदयमान राष्टको रुपमा परिचित गराएको भन्दै प्रसंसा पनि गरे । सरकारको खेलमैत्रि नीतिले स्वर्ण युग सुरु भएको बताए । अब नयाँ सोचका साथ अघि बढ्नुपर्ने भन्दै उनले खेललाई मनोरञ्जनका रुपमामात्र नभई व्यवसायीक बनाउदै लैजानुपर्नेमा जोड दिए । 

विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी सहभागि भएर स्वदेश फर्कदा जितेर आए खादा बोकेर ठेलमठेल गर्दै जाँने तर पराजित भएर आए कसैले वास्ता नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो मानसिक्ता सवैले त्याग्नुपर्ने बताए । 
उद्घाटन कार्यक्रममा सांसद घनस्याम दाहाल, भरतपुर महानगरका उपप्रमुख पार्वति साह ठकुरी, प्रतियोगिताका आयोजक ए जे इन्टरनेसनल प्रा लि का प्रमुख कार्यकारी अधिकृत आलोक प्रताप राणा लगायतको सहभागिता रहेको थियो । 
आजबाट सुरु भएको प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विभागिय क्लव सहित १२ वटा राष्टिय फुटबल टिमको सहभागिता रहेको छ । 

यो पनि
भरतपुर गोल्डकपको तयारी पुरा​ 

प्रतिक्रिया दिनुहोस