भरतपुर गोल्डकपको तयारी पुरा

सोमबार, २३ बैशाख २०७६, १८ : ५४
भरतपुर गोल्डकपको तयारी पुरा

चितवन । चितवनमा मंगलवारबाट सुरु हुने सीएमएस भरतपुर गोल्डकप २०७६ को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक ए जे इन्टरनेसनल प्रा लि ले सोमवार भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । 
प्रतियोगितामा राष्ट्रिय स्तरका १२ टिम सहभागि हुने कार्यक्रम संयोजक प्रकाश भुजेलले जानकारी दिए । विभागिय टिम नेपाल आर्मि, नेपाल पुलीस, एपीएफ सहित थ्रिस्टार, च्यासल युथ क्लव, संकटा, जावलाखेल, विजय युथ हेटौडा, चितवन ११, वीरगञ्ज युथ एकेडेमी, नुवाकोट ११ र झापा ११ भिड्ने निश्चित भएको हो । 

प्रतियोगिताको प्रथम हुने टिमलाई ६ लाख नगद र गोल्डकप तथा द्धितीय हुनेलाई नगद ३ लाख पुरस्कार रहेको भुजेलले जानकारी दिए । यस्तै प्रतियोगिताका सर्वोत्कृष्ठ १ जना खेलाडीलाई नगद ४० हजार दिईने छ । ४ विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार नगद पुरस्कार रहेको जनाईएको छ ।  
१८ सय दर्शक बसेर खेल हेर्नमिल्ने अस्थाई प्याराफिट बनाईएको छ । नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिता जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । 

पुरानो मेडिकल कलेज चितवन मुख्य प्रायोजक र एक्सपर्ट एजुकेसन नारायणगढ सहप्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न करिव ५० लाख खर्च हुने आयोजकको अनुमान रहेका छ ।

प्रतिक्रिया दिनुहोस