हेडमार्फत रोनाल्डोले पूरा गरे सय गोल

एजेन्सी

शनिबार, २१ बैशाख २०७६, १२ : ३८
हेडमार्फत रोनाल्डोले पूरा गरे सय गोल

एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयतिर हेड गोल गरेपछि यसअघि नै च्याम्पियन बनिसकेको युभेन्टस हारबाट जोगिएको छ । इटालियन सिरी ‘ए’ अर्न्तगत शुक्रबार राति भएको खेलमा युभेन्टस टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । युभेन्टसको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता टोरिनोले लिएको थियो ।

१८ औं मिनेटमा टोरिनोका सासा लुकिकले गोल गरेका थिए । पल पोसेसनमा टोरिनोलाई दबाबमा राखे पनि युभेन्टसले गोल फर्काउन निकै संघर्ष गर्नु परेको थियो । ८४ औं मिनेटमा रोनाल्डोले हेड गोल गर्दै टोलीलाई हारबाट जोगाए । उनले लियोनार्दाेको पासमा आर्कणषक गोल गरेका थिए । रोनाल्डोको यससँगै एक सय हेड गोल पुर्‍याएका छन् भने करियरमा ६ सय १ गोल पनि पूरा गरेका छन् ।

यस बराबरीसँगै लिग च्याम्पियन बनिसकेको युभेन्टसले ३५ खेलबाट ८९ अंक बनाएको छ । टोरिनो ५७ अंकसहित छैटौं स्थानमा छ । दोस्रो स्थानमा रहेको नापोलीको ७० अंक छ ।

प्रतिक्रिया दिनुहोस