भोलीदेखि भरतपुर क्षेत्रमा नियमित विद्युत आउने

सफल खबर संवाददाता

विहीबार, १९ बैशाख २०७६, १९ : ३१
भोलीदेखि भरतपुर क्षेत्रमा नियमित विद्युत आउने

चितवन । एक हप्तादेखि विद्युत कटौती हुँदै आएको भरतपुरमा भोली ९शुक्रवार० देखि विद्युत नियमित आउने भएको छ । नेपाल बिद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ट्रान्सफर्मरको क्षमता बिस्तारको काम सकिएकाले भोलीदेखि विद्युत नियमित हुने जानकारी दिएको हो । ट्रान्सफर्मरको क्षमता विस्तारका लागि पटक–पटक गरी दैनिक भरतपुरको फिडरमा ४ देखि ५ घण्टासम्म विद्युत कटौती हुँदै आएको थियो ।

भरतपुर ११ भोजाडको सबस्टेशनमा रहेको १५ एमभिएको ट्रान्सफर्मरले गर्मी समयमा बढी बिद्युत खपत हुँदा लोड नधानेपछि क्षमता बृद्धि गरी ३० एमभिएको ट्रान्सफर्मर राखिएको हो । ट्रान्सफर्मर राख्ने काम सकिएको प्रधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रमुख सुरेश कुमार महतोका अनुसार प्राविधिक रुपमा कुनै समस्या नआए भोलीबाट भरतपुरको विद्युत नियमित हुने छ ।

गर्मी समयमा १५ एमभिएको ट्रान्सफर्मरट्रान्सफर्मरको क्षमता बिस्तारका ले लोड नधान्दा भरतपुर क्षेत्रमा लाइन काट्नुपर्ने समस्या थियो । ट्रान्सफर्मरको क्षमता बिस्तार संगै यो समस्या अन्त्य भएको छ । भोजाडको सबस्टेशनबाट भरतपुर र नारायणगढको बजार क्षेत्रमा विद्युत आपूर्ति हुँदै आइरहेको छ ।

प्राधिकरणले भोजाड सबस्टेशनमा रहेको अर्को २२ एमभिएको ट्रान्सफर्मरलाई पनि विस्थापन गरेर ३० एमभिएको राख्ने योजना बनाएको छ । एक हप्तापछि अर्को ट्रान्सफर्मर परिवर्तन गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस