एनआईसी एशिया बैंकको दुई नयाँ शाखा उद्घाटन

सोमबार, १६ बैशाख २०७६, १७ : ३९
एनआईसी एशिया बैंकको दुई नयाँ शाखा उद्घाटन

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौँ उपत्यका भित्र दुई नयाँ शाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन गरेको छ । ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल र कुलेश्वरमा शाखा विस्तार गरेको हो । 

दुई वटा शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसी तथा कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलले सोमबार भव्य समारोहका बीच उद्घाटन गर्नुभयो ।

बैंकको मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । करीब १६ लाख जना ग्राहक रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।


 

प्रतिक्रिया दिनुहोस