जसले आफ्नो अपाङ्गता साथीलाई ६ वर्षदेखि बोकेर स्कुल लैजान्छन्

एजेन्सी

शुक्रबार, २२ चैत्र २०७५, १६ : ०२
जसले आफ्नो अपाङ्गता साथीलाई ६ वर्षदेखि बोकेर स्कुल लैजान्छन्

चीनको सिचुवानका एक १२ वर्षे बालकले विगत ६ वर्षदेखि शारीरिक रुपले असक्त साथीलाई पिठ्युमा बोकेर स्कुल लैजाने र ल्याउने गरिरहेका छन् ।
त्यतिमात्र होइन उनले आफ्ना साथीलाई शौचालय लैजाने, विभिन्न विषयगत अध्यन र गतिविधिका लागि कक्षा कोठाहरुमा पुग्न सहयोग गर्ने गर्दै आएका छन् ।
सिचुवान अनलाईन र सिह्न्वालाई उद्धृत गर्दै डेलीमेल डट को टड युकेमा प्रकाशित समाचार अनुसार १२ वर्षीय सु बिङयाङले साथी झाङ झेलाई हरेक दिन आफ्नो पिठ्युमा बोकेर विद्यालय लाने, ल्याउने गरिरहेका छन् । दुवै क्विङ्सेन काउन्टीको हेबाजी टाउन विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।
झाङ ४ वर्षको उमेरमा मायस्थेनिया ग्राभिस भनिने मांशपेसीसम्बन्धी दुर्लभ रोग लागेदेखि हिँडडुल गर्न सक्दैनन् । आफ्ना साथी सुप्रति कृतज्ञ झाङ भन्छन्, ‘सु मेरो सबैभन्दा मिल्ने साथी हो । ऊ हरेक दिन मसँगै पढ्छ, कुरा गर्छ र खेल्छ । उसले हरेक दिन जसरी मेरो हेरचाह गरिरहेको छ, त्यसप्रति म निकै आभारी छु । 
शिक्षकहरुका अनुसार सु अत्यन्त विनम्र, व्यवहारिक छन् । उनी कहिल्यै कुनै पनि कुरामा गुनासो गर्दैनन् र असल कामका बिना हिच्किचाहट अघि सर्छन् । तिनै असल बालक सु भन्छन्, ‘म २० किलोको छु र झाङ मात्र २५ किलोको । त्यसैले उसलाई बोक्न मलाई कुनै कठीनाई छैन । म उभन्दा ठूलो पनि छु । मलाई लाग्यो कि मैले नै उसलाई सघाइन भने अरु कसले सघाउला ?’ 
छोरा सुको यस्तो मानवीय व्यवहारबारे उनकी आमाले समेत अलि पछिमात्र थाहा पाएकी थिइन् । सुका साथीहरु सुनाएपछिमात्रै उनले यो कुरा थाहा पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस