अवैध सम्बन्ध ढाकछोप गर्न पाल्पाका प्रेमीले प्रेमीकाको हत्या गरेर फाले खरबारीमा

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १८ : ५७
अवैध सम्बन्ध ढाकछोप गर्न पाल्पाका प्रेमीले प्रेमीकाको हत्या गरेर फाले खरबारीमा

पाल्पा । पाल्पामा गत महिना सडेगलेको अवस्थामा फेला परेको एक महिलाको शव उनकै प्रेमीले अवैध सम्बन्ध ढाकछोप गर्न हत्या गरेर फालेको खुलासा भएको छ । फागुन २४ गते घरबाट हराएकी त्यस जिल्लाको रिब्दिकोट गाउँपालिका–५ नयाँटोलकी ५० वर्षीया ओमकुमारी घर्तीलाई उनकै छिमेकी ४६ वर्षीय नुरबहादुर विश्वकर्मालाई हत्या गरी फालेको प्रहरीले जनाएको छ ।

हार्थोक जान्छु भन्दै उक्त दिन घरबाट हिडेकी घर्तीको शव फागुन ३० गते सोही वडाको ज्योतिष टोलस्थित कुशुमखोला नयाँटोल जाने बाटो नजिकैको खरबारीमा सडेगलेको अवस्थामा फेला परेको थियो ।  

उनीसँगै अवैध सम्बन्ध रहँदै आएको र त्यही सम्बन्ध ढाकछोप गर्न आफुले फलामको रड प्रहार गरि हत्या गरेर फालेको विश्वकर्माले स्वीकार गरेको पाल्पा जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए । मृतकका २७ वर्षीय छोरा पदमबहादुर घर्तीले किटानी जाहेरी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस