स्थगित एसईई परीक्षा चैतमै, तालिका आज सार्वजनिक हुँदै

पत्रपत्रिकाबाट

आइतबार, १७ चैत्र २०७५, ०७ : ५२
स्थगित एसईई परीक्षा चैतमै, तालिका आज सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित एसईई चैतभित्रै गर्न तयारी अघि बढाएको छ। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै गर्न समयतालिका निमार्णको गृहकार्य गरिरहेको जानकारी दिनुभयो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

‘आइतबार परीक्षा तालिका सार्वजनिक गछौँ, उहाँले भन्नुभयो, चैतभित्रै परीक्षा सकेर उत्तरपुस्तिका परीक्षण थाल्छौँ । ’ बोर्डले सातवटै प्रदेशको नतिजा एकैदिन प्रकाशित गर्ने पनि जनाएको छ ।

चैत १० गते शुरु भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) देशभर चैत २१ गते सकिने समयतालिका थियो । प्रदेश २ मा चैत १४ गतेको विज्ञान विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस