महासङ्घले पूर्वपदाधिकारीलाई सम्मान गर्ने

सोमबार, ११ चैत्र २०७५, १८ : ३६
महासङ्घले पूर्वपदाधिकारीलाई सम्मान गर्ने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापनाको ६४औँ वर्ष प्रवेशका अवसरमा २० पूर्वपदाधिकारीलाई सम्मान गर्ने भएको छ । 

महासङ्घ बने यता उपसभापति, उपाध्यक्ष र महासचिव पदमा रही विशिष्ट योगदान पु¥याउनुहुने पूर्वपदाधिकारीलाई सम्मान गर्न थालिएको सचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो । सम्मानित हुने पूर्वउपसभापतिहरुमा राधा बुढाथोकी, चित्राङ्ग थापा, कर्णदेव भट्ट, ईश्वरचन्द्र गौतम, हेमन्त कर्माचार्य, तेजबहादुर भण्डारी, यज्ञ शर्मा, गोपाल बुढाथोकी, कृष्णप्रसाद बस्याल राकेश, डीआर पन्त, उमिद बागचन्द, गङ्गाधर पराजुली र सञ्जय सन्तोषी राई हुनुहुन्छ । 

यस्तै पुर्वउपाध्यक्षहरु यशोदा तिम्सिना, खिलबहादुर भण्डारी र अनिता बिन्दुलाई सम्मान गरिने महासङ्ले जनाएको छ । सम्मानति हुने पूर्वमहासचिवहरुमा चन्द्र भण्डारी, पोषण केसी, ओम शर्मा र उजिर मगर रहनुभएको छ । उहाँहरुलाई यही चैत १६ गते आयोजना गरिने कार्यक्रममा सम्मान गरिने महासङ्घका सचिव दाहालले बताउनुभयो । 

स्थापना दिवसलाई महासङ्घले विविध कार्यक्रमसहित यही चैत १३ देखि १६ गतेसम्म चार दिन देशभर मनाउने निर्णय गरेको छ । महासङ्घले स्थापना दिवसका अवसरमा चैत १३ र १४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा १५ गते जोखिमपूर्ण अवस्थाको रिपोर्टिङ अनुभव प्रस्तुतीकरण कार्यक्रमको आयोजना गरेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस