चितवन । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मूल नारासहित स्थापित संसारकै सबैभन्दा पुरानो सामाजिक संस्था रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ जोन ‘६’ का रोटरी क्लबहरुको संयुक्त आयोजनामा ‘इन्टर सिटि मिटिङ्गमा’ जनताको नजरमा रोटरी कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्दै जनताको पक्षमा रोटरीद्धारा अगाडि सारिएका कार्यक्रममा सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । उहाँले रोटरीद्धारा निर्माण गर्न लागिएको स्पाइनल इन्जुरी सेन्टरका लागि जग्गा समेत उपलब्ध गराईएको बारे जानकारी गराउनुभयो । संसारभर ३५ हजार रोटरी क्लब र करिब १२ लाख रोटरियनहरु रहेका छन् । नेपालमा भने ११७ वटा क्लब र ४५०० रोटरियनहरु रहेका छन ।
कार्यक्रममा रोटरीले हालसम्म गरेको सेवाको बारेमा निःवर्तमान डिष्ट्रिक गर्भनर संजय गिरिले प्रकाश पार्नुभयो । गरिबीको रेखामुनी रहेका समुदायमा शिक्षा, स्वास्थ, रोजगारी सहितको सेवा रोटरीले दिएको जानकारी गराउनु भयो । रोटरी पत्रकारिता पुरस्कार र जनताको नजरमा रोटरीको अवस्थाको बारेमा डिष्ट्रिक पब्लीक इमेज संयोजक महेश्वरभक्त श्रेष्ठले जानकारी गराउनु भयो ।
त्यस्तै पूर्व डिष्ट्रिक गर्भन तिर्थमान शाक्यले रोटरीले पोलियो उन्मुलनमा गरेको योगदानको विषयमा चर्चा गर्दै आगमी दिनमा साक्षरताको अभियान बारे प्रकाश पार्नुभयो । उहाँले रोटरीले नेपालमा हालसम्म रोटरीले आपतकालिन राहत कोष एक करोड, गौतमवुद्ध सामुदायिक अस्पताल वुटवलमा आई.सि.यु सहितको सुविधा, ललितपुर सामुदायिक मुटु अस्पताल, नेपाल रेडक्रस फाउन्डेसन ललीतपुर रक्तसंचार केन्द्र, भूकम्प पिडितहरुलाई राहत उद्धार तथा पुर्ननिर्माणमा सक्रिय भूमिका, खानेपानी तथा लघुवित्त कार्यक्रम गोरखा, रोटरी जलुके खानेपानी आयोजना गैंडाकोट, सोलार प्रोजेक्ट, धुलीखेल हस्पीटलमा क्याथ ल्याव सेवा र प्रत्येक रोटरी क्लबले रोटरी सामुदायिक गाँउ मार्फत विभिन्न् गाउँहरुमा सामाजिक सेवा दिँदै आएको छ । उक्त इन्टर सिटि मिटिड्ड कार्यक्रमा जिल्लाका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रम रोटरी जोन ‘६’ का रोटरी क्लबहरु रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ रत्ननगर र रोटरी क्लब अफ गैंडाकोटको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०७५, १३ : ४९
लेखकबाट थप