आजबाट एसईई परीक्षा : ‘अरु कक्षाजस्तै हो, डराउनुपर्दैन’ (फोटो फिचर)

प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०७५, १० : १२
आजबाट एसईई परीक्षा : ‘अरु कक्षाजस्तै हो, डराउनुपर्दैन’ (फोटो फिचर)

चितवन । यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा संघीय संरचनाअनुसार आजबाट सुरु भएको छ । बिहान ८ बजेदेखि सुरू भएको परीक्षाको पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिएका छन् । 
चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी भएका छन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।
त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् । 
मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने छन् । 
शिक्षाविद्हरुले एसईई परीक्षा अरु कक्षाको जस्तै परीक्षा भएको हुनाले विद्यार्थीहरुलाई कुनै किसिमको डर त्रास नमान्न आग्रह गरेका छन् । शिक्षाविद् रमाकान्त सापकोटाले भन्नुभयो, ‘एसईई कुनै हाजगुजी होइन, अरु कक्षाजस्तै हो, डराउनैपर्दैन ।’ उहाँले विद्यार्थीहरुलाई ढुक्कसँग उत्तर दिन आग्रह गर्नुभयो । 
तस्बिरमा हेरौँ 


 

प्रतिक्रिया दिनुहोस