बुटवलमा इँटा प्रहार गरी ७० वर्षीय बृद्धको हत्या

बुधबार, ०६ चैत्र २०७५, १८ : ५१
बुटवलमा इँटा प्रहार गरी ७० वर्षीय बृद्धको हत्या

रुपन्देही । बुटवल– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पिपरीमा एक बृद्धको हत्या गरिएको छ । स्थानीय ७० वर्षीय त्रिवेणी अहिरको हत्या भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

हत्या भएका यादवको टाउको र अनुहारमा इँटा प्रहार गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

घटनास्थलमा आर्थिक लेनदेनसम्बन्धी लेखिएको एउटा कागज फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमर्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस