निर्मला पन्त हत्या प्रकरण : फरार रहेका एसपी विष्ट अदालतमा हाजिर

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०७५, १२ : २८
निर्मला पन्त हत्या प्रकरण : फरार रहेका एसपी विष्ट अदालतमा हाजिर

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट सोमबार अदालतमा हाजिर भएका छन् । विष्ट सोमबार जिल्ला अदालत कञ्चनपुुरमा निवेदनसहित हाजिर भएका हुन् । 
विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए । 
विष्टले अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू सोमबार अदालतमा प्रमाणसहित हाजिर भएको प्रतिक्रिया दिए । 

यसअघि गत फाुगन ३० गते यही प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक ९डिएसपी० ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाडेको थियो । 

जिल्ला अदालतका रजिष्टार हरिकृष्ण अवस्थीका अनुसार एसपी विष्टको आजै बयान सुरु हुनेछ । विष्टको आज बयान सकिएमा आजै थुनछेक बहस हुने  र नसकिए भोली थुनछेक बहस सुरु हुने अवस्थीले बताए । 

प्रतिक्रिया दिनुहोस