गोरखा भूकम्पको परकम्प आजसम्म पनि

२०७२ वैशाख १२ भूकम्पको संक्षिप्त विवरण

सफल खबर संवाददाता

सोमबार, ०४ चैत्र २०७५, १२ : २५
गोरखा भूकम्पको परकम्प आजसम्म पनि

काठमाडौँ । आज बिहान ९ बजेर एक मिनेट जाँदा ४।१ रिक्टर स्केलको भूकम्प भएको छ । 
मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

२०७२ वैशाख १२ भूकम्पको संक्षिप्त विवरण
विसं २०७२ वैशाख १२ गते । बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भए पनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट खेखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आआफ्नै ध्याउन्नमा थिए ।

मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रिक्टर स्केलको भूकम्प गयो । यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २०० भन्दा बढी घाइते भए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाई गएको उक्त भूकम्प नेपालीका लागि कालो दिन बन्यो ।

प्रतिक्रिया दिनुहोस