ठूलो दुर्घटनाबाट जोगिएको थियो नेपाली बोकेको इत्तिहाद एयरबस

एजेन्सी

सोमबार, ०४ चैत्र २०७५, ११ : ११
ठूलो दुर्घटनाबाट जोगिएको थियो नेपाली बोकेको इत्तिहाद एयरबस

काठमाडौं । गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दियो ।
टाइम्स अफ इन्डियाका अनुसार उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झन्डै जुधेका थियो ।

मुम्बईको आकाशमा यी दुई जहाज आमने–सामने भएपछि इत्तिहादलाई उचाई लिन एयर ट्राफिक कन्ट्रोलले भनेको थियो । दुबै जहाजका पाइलटको सतर्कताका कारण मात्र जहाज हावामै ठोकिन जोगिएका थिए।
‘दुई जहाज तीन नटिकल माईल, अर्थात केहि सेकेण्ड मात्र एक अर्काबाट टाढा थिए,’ सो पत्रिकाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाइ उद्धृत गर्दै लेखेको छ । इत्तिहाद एयरको एयरबस ए ३२० काठमाडौ आउदै गरेको र एयर फ्रान्स भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस गईरहेका थिए । 

भारत र पाकिस्तानका वायुसेनाबिच विवादस्पद कश्मिरमा केहि समय अघि हानाहान भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तराष्ट्रिय जहाज उड्न प्रतिबन्ध लगाएको छ। सो प्रतिबन्धले गर्दा ब्यवसायिक जहाज पाकिस्तानी आकाश भएर उडेका छैनन्।

त्यसको सट्टा नेपाल तथा पुर्वी एसिया जाने सबै जहाजहरु हिन्द महासागर हुँदै भारतको आकाश भएर उडीरहेका छन्। त्यसले मुम्बई लगायतका केही भारतीय सहरमाथिका आकाशमा जहाजहरुको भीडभाड भएको छ।

एयर कन्ट्रोल टावरलाई जहाजहरु सुरक्षित हवाईमार्गमा उडाउन कठिन परिरहेको समाचार संस्थाहरुले बताउदै आएका छन्। पाकिस्तानको आकास नखुल्दा कैंयन खाडी मुलुक र युरोपबाट नेपाल आउने जहाजहरु हिन्द महासागर हुँदै भारत छिरेर नेपाल आउने गरेका छन्।

दशलाख भन्दा बढी नेपाली खाडी मुलुकहरु कतार, युएइ, साउदी अरेविया, केवेतमा काम गर्छन्। युरोप, अमेरिकाबाट नेपाल आवत जावत गर्ने धेरैजसो स्वेदशी तथा बिदेशी पनि खाडी मुलुक हुँदै नेपाल आउनेजाने गर्छन्।
 

प्रतिक्रिया दिनुहोस