चितवनमा नक्कली बमको त्रास, लाइन्सचोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टी

विहीबार, ३० फागुन २०७५, १६ : २७
चितवनमा नक्कली बमको त्रास, लाइन्सचोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टी

भरतपुर । चितवनको नारायणगढ स्थित लाईन्सचोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । नारायणगढको लाइन्सचोकमा रहेको कृषि विकास बैंक अगाडि शंकास्पद वस्तु बम नहरेको पुष्टी भएको छ ।
बिहीबार दिउँसो करिब २ः४५ बजे मोटरसाईकलमा आएका २ जना अज्ञात व्यक्तिहरुले रंगको बट्टालाई सेतो प्लाष्टिकले बेरिएको बट्टालाई सडकमा छोडेर गएका थिए । सडकमा रहेको सो बट्टालाई रिक्सा चालकले चौतारोमा राखिदिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिल सिंह राठौरले जानकारी दिनुभयो । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक युवराज तिमिल्सिनाको कमाण्डमा प्रहरी टोली शंकास्पद वस्तु भएको स्थानमा पुगेको थियो । शंकास्पद वस्तु निष्कृय पार्न घटना स्थलमा पुगेको नेपाली सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तु बम नभएको पुष्टी गरेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु बम भएको आशंका भएपछि ठूलो संङ्ख्यामा सर्वसाधरण सो स्थानमा जम्मा भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस