एनसेल विस्फोट प्रकरणमा संलग्न रहेको आरोपमा विप्लव समूहका राजु कार्की पक्राउ

सफल खबर संवाददाता

बुधबार, २२ फागुन २०७५, १४ : ३१
एनसेल विस्फोट प्रकरणमा संलग्न रहेको आरोपमा विप्लव समूहका राजु कार्की पक्राउ

काठमाडौं । एनसेल विस्फोट प्रकरणमा प्रहरीले भूमिगत रुपमा सक्रिय रहेका विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका नेता राजु कार्कीलाई पक्राउ गरेको छ ।

कार्की नेपाल कम्युनिस्ट पार्टीको किसान महासंघका अध्यक्षसमेत हुन् । प्रहरीले कमलपोखरीमा रहेको आँगन स्विट्समा शंकास्पद वस्तु छाड्ने व्यक्तिको खोजी गर्दा कार्कीको संलग्नता फेला पारेको थियो । त्यसैका आधारमा उनलाई प्रहरीले हिजो पक्रेको हो ।

आँगनमा कार्यरत तीन कर्मचारीलाई हटाएपछि उनीहरु विप्लव नेतृत्वको नेकपामा उजुरीका लागि पुगेका थिए । एनसेलका टावर कार्यालयमा विस्फोट गराउनेक्रममा आँगनमा पनि बम छाडिएको थियो । त्यही क्लुका आधारमा प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो ।

कार्की गत असोज १८ गते पनि पक्राउ परेका थिए। त्यतिखेर उनी धनुषा जिल्ला इन्चार्जसमेत रहेका थिए । सर्वोच्चको बन्दी प्रत्यक्षीकरणबाट असोज २९ गते उनी रिहा भएका थिए । त्यसपछि पनि उनी पार्टीको गतिविधिमा सक्रिय रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस