अर्थ मन्त्रालयका कर्मचारीलाई भारतमा तालिम

सफल खबर संवाददाता

मंगलबार, २१ फागुन २०७५, १५ : ४८
अर्थ मन्त्रालयका कर्मचारीलाई भारतमा तालिम

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालयका २२ जना कर्मचारीले भारतमा तालिम लिइरहेका छन् । भारतको इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्समा सञ्चालन भइरहेको तेस्रो चरणको सो तालिममा ‘सर्वजनिक वित्तीय व्यवस्थापन बारे विश्वव्यापी दृष्टिकोण’ विषय राखिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

फागुन २० गतेदेखि शुरु भएको तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको छ । ६२ कर्मचारीलाई प्रदान गरिने यो तालिम अर्थ मन्त्रालयको अनुरोधमा दिइएको जनाइएको छ । तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋणरअनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन लगायतका विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गराइने दुतावासले जनाएको छ । 

यसअघि दुई समूहमा ४० जना कर्मचारीले तालिम लिइसकेका छन् । इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त तालिम केन्द्र हो । 

प्रतिक्रिया दिनुहोस