जुम्लाले पायो पहिलो महिला सिडिओ

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, १६ : ३३
जुम्लाले पायो पहिलो महिला सिडिओ

जुम्ला । जुम्लाको इतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छिन्। उनले शुक्रबार बिहान १० बजे जहाजबाट पुग्ने वित्तिकै कार्यभार समालेकी हुन। २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसकेका छन्। अहिले सिडिओको जिम्मेवारीमा जुम्ला आएकी दुर्गा बञ्जाडे ४० औ सिडियो हुन। 

पहिलो पटक महिला सिडिओ पाउँदा स्थानीय निकै खुसी छन्। उनीहरुले कानुन कार्यान्वयनको अवस्था बलियो हुँदै जानुका साथै यहाँका हरेक क्रियाकलापमा इमान्दारिता र पारदर्शिताको संस्कृतिको विकास हुँदै जाने अपेक्षा गरेका छन्। सिडिओ बञ्जाडे जुम्लाको हरेक सकारात्मक अभियानमा सबै एक साथ भएर लाग्ने बातावरण सिर्जना गर्ने बताउँछिन्।

उनले भनिन्, ‘म जुम्लाको सिडियो भएर आएकी छुँ, आफूले जानेको, भोगेको र अनुभव गरेको सबै बिवेक प्रयोग गरेर अघि बढ्छु। बलबुतोले भ्याएसम्म, ऐननियमले निर्दिष्ट गरे सम्मको अधिकार प्रयोग गरेर भएपनि राम्रो काम गर्छु। सेवा प्रवाहमा पारदर्शिता र गुणस्तरीयता कायम गराउनमा पहल थाल्नेछु।’

प्रतिक्रिया दिनुहोस