हतारमा रहेका मन्त्री अधिकारी र आङछिरिङलाई पाइलटले नाइँ भन्न नसक्दा दुर्घटना

पत्रपत्रिकाबाट

शनिबार, १८ फागुन २०७५, ०८ : १९
हतारमा रहेका मन्त्री अधिकारी र आङछिरिङलाई पाइलटले नाइँ भन्न नसक्दा दुर्घटना

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनाको कारण के होला? यसबारे सबैको चासो छ । तर यसको कारण पत्ता लगाउन भने चुनौती देखिन्छ । 

विश्वभर वायुयान दुर्घटनाको तथ्यांक अध्ययन गर्दा साना तथा ठूला विमान तथा हेलिकप्टर दुर्घटना दर उच्च छ । नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार यसको कारण भनेको नियमित सेवामा सञ्चालन हुने व्यवसायिक वायुयानका लागि निर्धारित उडान सुरक्षा मापदण्डको तुलनामा साना विमान तथा हेलिकप्टरका लागि निर्धारित त्यस्तो मापदण्ड फरक हुनु हो । 

ती अधिकारीका अनुसार नियमित सेवामा सञ्चालन हुने १९ यात्रु क्षमताभन्दा बढीका वायुयान अपेक्षाकृत ठूला विमानस्थलमा सञ्चालन हुने र यान्त्रिक विधिबमोजिम उड्छन् । त्यस्ता वायुयानको दुर्घटना दर तुलनात्मक रुपमा न्यून हुन्छ । तर पहाडी भूभागमा भीएफआर (दृष्टिगोचर उडान नियम) बमोजिम वायुयान चालकले उडाउने साना विमान तथा हेलिकप्टर दुर्घटना दर धेरै हुने गरेको तथ्यांक देखिन्छ । 

बुधबार डाइनेस्टी एयर बीथ्रीई हेलिकप्टर दुर्घटना कसरी भयो भन्नेबारे जवाफ आइसकेको छैन । तर अधिकारहिरुले यसको कारण सिफिट भनेका छन् । सिफिट भनेको पाइलटको कमाण्डमा रहेको कुनै पनि उडानयोग्य विमान अन्जानवस बादलभित्र छिरेर दुर्घटनामा पर्नु हो । यस्तो अवस्थामा पाइलटले सही निर्णय गर्न सक्दैनन् । जसका कारण दुर्घटना हुन जान्छ । 

एयर डाइनिस्टीका अनुसार त्यस दिन दोस्रो प्रयासमा क्याप्टेनले टेकअफ गरेको देखिन्छ । ‘पाइलटले प्रेसर लिएको जस्तो अनुमान गरेका छौं, एक हेलिकप्टर व्यवसायीले भने, त्यही दिन बेलुकी आङछिरिङ शेर्पा फ्रान्सका लागि उड्दै हुनुहुन्थ्यो भने भोलिपल्ट मन्त्री अधिकारी जर्मन जाने कार्यक्रम थियो । उहाँहरुको हतारोले सायद पाइलटलाई दबाब परेको हुन सक्छ ।’, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस