पूर्वराजा ज्ञानेन्द्र मध्यतराईमा सक्रियता बढाउँदै

पत्रपत्रिकाबाट

शनिबार, १८ फागुन २०७५, ०७ : ५६
पूर्वराजा ज्ञानेन्द्र मध्यतराईमा सक्रियता बढाउँदै

काठमाडौं । दमकस्थित आफ्नो स्वामित्वमा रहेका हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ ।

देश दौडाहाको क्रममा उहाँको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा सुरु गर्न लाग्नुभएको हो ।

उहाँ केही दिन जनकपुर बसेर सोही होटलबाट मध्यतराईको यात्रा तय गर्न लाग्नु भएको हो । स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने त्यसको भोलिपल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।
 

प्रतिक्रिया दिनुहोस