पत्रकार अर्यालको निधनमा पत्रकार महासंघ चितवन र सञ्चार सम्बद्ध संघसंस्थाद्धारा समवेदना व्यक्त

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, २० : ०३
पत्रकार अर्यालको निधनमा पत्रकार महासंघ चितवन र सञ्चार सम्बद्ध संघसंस्थाद्धारा समवेदना  व्यक्त

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य एवं चितवन पोष्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको निधनप्रति गहिरो समवेदना व्यक्त गरको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै अर्यालको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै अर्यालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चीर शान्तिको कामना गरेको छ । विस २०१९ साल साउन २७ गते चितवनको साविक कोराकमा जन्मिनु भएका अर्याल हाल राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा बस्दै आउनु भएको थियो ।
लामो समयदेखि चितवनको लोकप्रिय दैनिक चितवन पोष्टको प्रबन्ध सम्पादक भएर काम गर्नु भएका अर्यालको श्वासप्रश्वासको समस्या कारण आज दिउँसो १ बजे निधन भएको हो । उहाँले चितवन पोष्ट दैनिकको लामो समयदेखि व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै पत्रिकाको उचाईलाई माथि उठाउदै आईरहनु भएको थियो । पत्रकार अर्यालको निधनले नेपाली पत्रकारिताजगत्ले एक जुझारु, निर्भिक, कुशल र अनुभवी पत्रकार गुमाएको छ’ विज्ञप्तीमा उल्लेख छ ।
यस्तै प्रेस चौतारी, प्रेस सेन्टर र जनपत्रकार सघं चितवन शाखाले संयुक्त विज्ञाप्ती जारी गर्दै मृत आत्मको चिर शान्तिको कामना गर्दै शोकमा रहनु भएका परिवारजनमा हार्दिक सम्बेदना प्रकट गरेको छ ।
 यस अघि उहालाई भारतको विभिन्न अस्पतालमा उपचार गरी ल्याइएको थियो । उहाँका दुई छोरा र श्रीमती हुनुहुन्छ । १० महिना अगाडि उहाँका दाजु धर्मराज अर्यालको पनि छाती सम्वन्धी समस्याको कारणले निधन भएको थियो । अर्याल दाजुभाईले चितवनको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएको छ ।


 

प्रतिक्रिया दिनुहोस