मलेसियामा १ लाख २५ हजार नेपाली कामदार अवैध

पत्रपत्रिकाबाट

विहीबार, १६ फागुन २०७५, ०८ : ४३
मलेसियामा १ लाख २५ हजार नेपाली कामदार अवैध

काठमाडौँ । केही समयअघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार अवैध रुपमा बसोबास गर्दै आएका छन् ।

पहिलो कम्पनी छोडेर अन्यत्र जाँदा हुने वैधानिक संकटका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदार अवैध हुने गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

मेनपावर कम्पनीमार्फत सम्झौता भएअनुरुपको तलब काम गर्ने कम्पनीले नदिएको , तोकिएभन्दा बढी र अप्ठ्यारो काम लगाएकोलगायत कारणबाट कामदारले कम्पनी परिवर्तन गर्ने गरेका छन् ।

तर, त्यसरी कम्पनी परिवर्तन गर्दा हुने कानुनी संकटका बारेमा धेरै कामदार अनभिज्ञ रहेको राजदूतावासका प्रथम सचिव विनोद मुखियाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा श्याम खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस