आफ्नो पार्टीका नेताहरुलाई रिहा गर्न विप्लवको माग

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १३ : ०६
आफ्नो पार्टीका नेताहरुलाई रिहा गर्न विप्लवको माग

चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीका नेताहरुलाई विना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ । आफ्नो मागलाई वेवास्ता गरे सशक्त आन्दोलनमा उत्रिने सो पार्टीले एक विज्ञप्ति जारी गरी चेतावनी दिएको छ ।

पार्टीका महासचिव विप्लवद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार गरिएका अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष बन्धु चन्द, बच्ची यादव, युवा नेता सूर्य भुजेल, महावीर, मानबहादुर तिरुवालगायतका विद्यार्थी नेताहरुलाई तुरुन्त विनासर्त रिहा नगरे हाम्रो पार्टी सशक्त आन्दोल गर्न बाध्य हुनेछ ।’
यस्तो छ विज्ञप्ति :


 

प्रतिक्रिया दिनुहोस