रम्तेलको गाउँमा शहिद स्मृति पार्क

सफल खबर संवाददाता

मंगलबार, १४ फागुन २०७५, १६ : २५
रम्तेलको गाउँमा शहिद स्मृति पार्क

गोरखा । जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको गाउँमा शहिद स्मृति पार्क बन्ने भएको छ । पार्कको एक कार्यक्रमका बिच पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरे ।
बारपाक सुलिकोट गाउँपालिका ८ जराङस्थित रम्तेलको घर भएको ठाउँमा शहिदहरुको स्मृतीमा सभाहल सहितको पार्क बन्ने भएको हो । गाउँपालिका तथा अन्य सरकारी निकायको बजेटमा बन्न लागेको पार्कको डिजाईन ईस्टिमेट तयार भैसकेको गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस