सात महिनामा भ्रष्टाचारका १६६ मुद्दा

पत्रपत्रिकाबाट

मंगलबार, १४ फागुन २०७५, ०८ : २१
सात महिनामा भ्रष्टाचारका १६६ मुद्दा

काठमाडौं । मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गइरहेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयागले चालू आर्थिक वर्षको माघ ससान्तसम्म दर्ता गरेको मुद्दाको संख्याले देखाएको छ । 

अख्तियारले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा १ सय ६६ वटा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।
अत आर्थिक वर्षमा कुल १ सय ९४ वटा मुद्दा दर्ता भएकोमा चालू अर्थिक वर्षको सात महिनामा नै १ सय ६६ वटा मुद्दा दर्ता हुनु धेरै भएको अख्तियारको भनाइ छ । अख्तियारले यो संख्या अझ बढ्न सक्ने बताएको छ ।, कारोबारमा खबर छ । 

प्रतिक्रिया दिनुहोस