स्थानीय तहको अधिकार हस्तक्षेप गरी नेपाल शिक्षक महासंघसँग सम्झौता

पत्रपत्रिकाबाट

आइतबार, १२ फागुन २०७५, १५ : ३५
स्थानीय तहको अधिकार हस्तक्षेप गरी नेपाल शिक्षक महासंघसँग सम्झौता

काठमाडौं । शिक्षा मन्त्रालयले संविधानको भावनाविपरीत स्थानीय तहको अधिकार हस्तक्षेप गरी नेपाल शिक्षक महासंघसँग सम्झौता गरेको छ। संविधानले आधारभूत तह र माध्यमिक तहसम्मको शिक्षको अधिकार स्थानीय सरकारलाई दिएको छ ।

मन्त्रालयले भने शिक्षकलाई अहिलेकै अवस्थामा संघीय सरकार मातहत राखने गरी महासंघसँग विभिन्न बुँदामा सहमति गरेको समाचार कान्तिपुर दैनिकमा छ । महासंघ र मन्त्रालयबीच भएका सम्झौताका बुँदा निर्माणाधीन राष्ट्रिय शिक्षा ऐनमा समावेश गर्ने भनिएको छ ।

सहमतिमभा सामुदायिक विद्यालयका शिक्षकको नियुक्ति, व्यवस्थापन, अनुगमन, नियमन, सुरुवा, बढुवा संघीय सरकारमातहत रहेको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस