बार्सिलोनाको जितसँगै मेस्सीको पचासौँ ह्याट्रिक

एजेन्सी

आइतबार, १२ फागुन २०७५, ११ : ०६
बार्सिलोनाको जितसँगै मेस्सीको पचासौँ ह्याट्रिक

काठमाडौं । सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा रहेका लिओनेल मेस्सीले ५०औं ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । खेल अवधिभर दुई पटक पछाडी परेपनि कप्तान मेसीले लगातार गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो ।

खेलको २२ औं मिनेटमा विसाम बेन यड्डरको पासमा जेसस नाभासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै मेसीले इभमन राकिटिचको पासमा भलीमार्फत बराबरी गोल फर्काए । पहिलो हाफको ३ मिनेट समय बाँकी रहँदा सेभिल्ला पुनस् अगाडी बढ्यो । पाब्लो सराबियाको पासमा ग्याब्रिएल मर्साडोले गोल गर्दै अग्रता बनाए । पहिलो हाफमा २(१ ले पछाडी परेको बार्सिलोनाकोले दोस्रो हाफमा ३ गोल फर्काउन सफल भयो ।

मेसीले ६७ औं मिनेटमा ओस्मान डेम्बेलेसँग सहकार्य गर्दै बार्सिलोनाको लागि बराबरी गोल फर्काए । खेलमा ५ मिनेट समय बाँकी रहँदा मेसीले नै गोल गर्दै बार्सिलोनालाई खेलमा पहिलो पटक अग्रता दिलाए । उनले उत्कृष्ट चिप सटमा गोल गर्दै गोलरक्षकलाई झुक्याए । इन्ज्युरी समयमा मेसीकै पासमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

मेसीेले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै करीअरमा ६ सय ५० गोलको आकडा पनि पूरा गरे । उनले ५० औं ह्याट्रिक पूरा गर्दा जारी सिजन लिगमा गोल संख्या पनि २५ पुर्याए । बार्सिलोना जितसँगै अंक तालिकाको शीर्ष स्थानमा १० अंकले अगाडी छ । बार्साको २५ खेलमा ५७ अंक छ भने एट्लेटिको २४ खेलमा ४७ तथा रियल २४ खेलमा ४५ अंक जोडेर शीर्ष तीनमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस