पीएसएलको डेब्यु खेलमा सन्दीपको ३ विकेट

शुक्रबार, १० फागुन २०७५, १९ : २७
पीएसएलको डेब्यु खेलमा सन्दीपको ३ विकेट

काठमाडौं । पाकिस्तान सुुपर लिग (पीएसएल) को लाहोर कलान्दरबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले मुल्तान सुल्तानविरुद्धको खेलमा ३ विकेट लिएका छन् ।

यूएईस्थित सारजहा त्रिकेट मैदानमा भइरहेको खेलमा सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका हुन् । उनले पहिलो विकेटका रुपमा लाहोरविरुद्ध आक्रमक ब्याटिङ गरिहरहेका जेम्स भिन्सलाई फकर जमानबाट क्याच गराएका थिए । भिन्सले लाहोरविरुद्ध ४१ बलमा ८४ रन बनाएका थिए ।

पहिलो ओरभमा १७ रन खर्चिएका सन्दीपले दोस्रो, तेस्रो र आफ्नो अन्तिम ओभरमा लगातार विकेट लिएका थिए । सन्दीपले दोस्रो विकेटका रुपमा १० रनमा खेलिरहेका शोयब मलिकलाई डेभिड वीसको हातमा क्याच गराएका थिए ।

सन्दीपले तेस्रो विकेटका रुपमा सुल्तानका ब्याट्सम्यान आन्द्रे रुसेललाई ‘कट एन्ड बोल्ड’ आउट गरे । डेब्यु खेलमा राम्रो गरेका सन्दीप एक्लैले टिमका लागि ३ विकेट लिँदै सुल्तानललाई केही दवाव सिर्जना गरे ।

प्रतिक्रिया दिनुहोस