इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार

पत्रपत्रिकाबाट

बुधबार, ०८ फागुन २०७५, ०७ : २१
इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार

काठमाडौँ । म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२ जना पुरुषको उद्धार भएको हो ।

पाँचवटा भारतीय बसमा राखेर मंगलबार बिहान उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्काइएको हो ।

काँकडभिट्टास्थित मेची भन्सार कार्यालय परिसरबाट उनीहरुलाई नेपालकै ६ वटा वसमा हालेर काठमाडौँ पठाइएको छ ।

उनीहरुको सुरक्षा तथा निगरानीका लागि ती बसहरुमा माइती नेपालका कर्मचारी र प्रहरी पनि छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लक्ष्मी काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस