काठमाडौं महानगरकामा डम्पिङ साइट हेर्न जाँदा कर्मचारीलाई डेढ लाखको खाना

पत्रपत्रिकाबाट

सोमबार, ०६ फागुन २०७५, ०७ : २३
काठमाडौं महानगरकामा डम्पिङ साइट हेर्न जाँदा कर्मचारीलाई डेढ लाखको खाना

फाईल तस्विर

काठमाडौं । फोहोर व्यवस्थापनमा कुनै समस्या नआए पनि काठमाडौं महानगरपालिकाका कर्मचारी अनुगमनको नाममा पटक पटक सिसडोलस्थित डम्पिङ साइट भ्रमण गर्ने गरेका छन् । यस्ता भ्रमणको उपलब्धि भने शून्य छ ।

भ्रमणका क्रममा यो वर्ष मंसिरसम्म खाजा र खानामा मात्रै १ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । अघिल्लो वर्ष २ लाख ११ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । यसमा इन्धन खर्च समावेश छैन । जाँदा आउँदा महानगरकै सवारी प्रयोग हुने गरेको छ । इन्धन खर्च मेकानिकल शाखाले बेहोर्ने महानगरले जनाएको छ । कार्यभार सम्हालेको दुई महिनामा महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ मात्रै ५ पटम सिसडोल गइसकेका छन् । कहिले जनप्रतिनिधि  त कहिले प्राविधिक टोली लिएर गएको उनले बताए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस