काठमाडौं उपत्यकाकाको फोहोर व्यवस्थापन गर्न वार्षिक १० करोड खर्च

पत्रपत्रिकाबाट

शनिबार, ०४ फागुन २०७५, ०८ : ०३
काठमाडौं उपत्यकाकाको फोहोर व्यवस्थापन गर्न वार्षिक १० करोड खर्च

काठमाडाैं । स्थानीय निकायले फोहोर ढुवानी गर्दा वार्षिक करिब १० करोड रुपियाँ खर्च हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी लागत काठमाडौं महानगरपालिकाको लाग्ने गरेको छ । महानगरपालिकाले मात्रै वार्षिक करिब ५ करोड रुपियाँ खर्च गर्ने गरेको छ । यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

फोहोर व्यवस्थापनबाहेक ढुवानी गर्दा लाग्ने लागत अत्याधिक देखिएको छ । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले ढुवानीमा मात्र वार्षिक करिब ५ करोड रुपियाँ खर्च हुने गरेको जानकारी दिनुभयो ।

कामपाको टेकुस्थित ट्रान्फर स्टेसनबाट सिसडोलसम्म २७ किलोमिटर दूरी रहेको छ । फोहोर ढुवानीमा ललितपुर महानगरपालिकाले वार्षिक ९५ लाख रुपियाँ खर्चिने गरेको छ । उपत्यका र आसपासका १८ स्थानीय निकायले सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस