'मलाई सरल केटी चाहिन्छ'

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ फागुन २०७५, ०९ : १२
'मलाई  सरल केटी चाहिन्छ'

बिहेबारे सोचेको त छु, तर प्रेम पनि गर्नुपर्छजस्तो लाग्छ । त्यसका लागि अलि समय छैन । जताततै व्यस्त हुनुपर्छ । भनेको समयमा फुर्सद मिल्दैन । प्रोगामका लागि विदेश जाउ, गीत रेकर्ड गराउ, यता परिवारलाई पनि अलि समय देउ, साथीभाइ पनि छन् । सबै मिलाउनुपरेको कारण मैले प्रेमका लागि समय नपाएका हुँ । अब त्यतातिर नि सोच्नुपर्छ होला ।

बिहेचाहिँ गर्ने हो । कुन साल र कुन केटी भनेर सोचेको छैन । मलाई सरल मान्छे चाहिन्छ । धनी–गरिब र जातले कुनै असर गर्दैन । मैले ‘करिअर’मा धेरै गरेँ । संगीतकै माध्यमबाट विदेश पनि घुमेँ । अब गर्न बाँकी विवाह नै हो ।

विवाह भन्ने कुरामा चाहिँ संगीतमा जस्तो ठ्याक्कै केमा सुर लाग्छ, थाहा नहुँदो रहेछ । नाम त जोडिइरहन्छ । तर, अचेल मेरो परिवार यस्तो कुरा सुनेर हाँस्न थालेका छन् । मलाई भने श्रीमती सरल नै चाहिन्छ । बिहे भएपछि श्रीमतीले जे–जे भन्छिन्, त्यो मान्छु होला । फेरि मैले बिहेकै लागि यत्रो समय कुर्नुपरेपछि त मान्नैप-यो नि !
नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस