पाँच डीएसपी को काज सरुवा:महानगरीय प्रहरी वृत दरबारमार्गमा घिमिरे

पत्रपत्रिकाबाट

सोमबार, २८ माघ २०७५, २१ : २६
पाँच डीएसपी को काज सरुवा:महानगरीय प्रहरी वृत दरबारमार्गमा घिमिरे

काठमाड‌ौं । प्रहरी प्रधान कार्यालयले पाँचजना प्रहरी नायब उपरीक्षक  (डीएसपी) को काज सरुवा गरेको छ ।
कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय, रौतहटमा डीएसपी नविन कार्कीलाई पठाइएको छ भने महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी विनोद घिमिरेलाई पठाइएको छ ।
यसैगरी महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी विनोद घिमिरेलाई पठाइएको छ । दरबारमार्गका प्रमुख दानबहादुर मल्ल एसपीमा बढुवा भएपछि पाल्पामा कार्यरत डिएसपी घिमिरेलाई दरबारमार्ग पठाइएको हो ।
त्यस्तै म्याग्दी जिल्लामा महेन्द्र प्रसाद मरासिनी, वडा प्रहरी कार्यालय बैदाममा कोमल बिक्रम  शाह र दार्चुला जिल्लामा भेषराज रिजालको काज सरुवा भएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस