वर्षा र हिमपातपछि मौसममा सुधार

आइतबार, २७ माघ २०७५, १७ : २३
वर्षा र हिमपातपछि मौसममा सुधार

काठमाडौँ । मुलुकभरको मौसम आज पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी क्षेत्रमा सामान्यतयाः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।

गत साताको वर्षा र हिमपातपछि मौसम सफा हुँदै गएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । सोमबार र मङ्गलबार भने पश्चिमी क्षेत्रमा मौसममा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस