गैंडामाथि चढेर धेरै जनाले पालै पालो फोटो खिचेको आशंका

शनिबार, २६ माघ २०७५, १९ : ३३
गैंडामाथि चढेर धेरै जनाले पालै पालो फोटो खिचेको आशंका

चितवन । सौरहामा रहेको टुहुरो घाईते गैंडामाथि चढेर स्थानीय युवाहरुले फोटो खिचेको खुल्न आएको छ । बिहीबार सौरहाका १४ बर्षीय अनुप महतोको फोटो सामाजिक सञ्जालमा भाईरल भएपनि यो कुरा बाहिरा आएको थियो । चितवन राष्ट्रिय निकुञ्जले महतोलाई सचेत गराएर रिहा गरिसकेको छ ।
सामाजिक सञ्जालमा गैंडामाथि अर्का युवक पनि चढी राखेको फोटो सार्वजनिक भएसँगै त्यस दिन धेरै जनाले सो कार्य गरेको आशंका गरिएको छ । स्थानीय युवाहरुको समूहले सोही स्थानमा प्रतिस्पर्धा गरी पालै पालो गैंडामाथि चढेर फोटो खिचेको खुलेको छ । घटनामा संलग्न एक जनालाई निकुञ्जले सचेत गराई तारेखमा रिहा गरेपनि सो कार्य गरेका अरुलाई भने पहिचान गरेको छैन ।
सो घटनाको विरोधमा समाजिक सञ्जालमा विरोध भइरहेका छन् । सरोकारवालाहरुले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । निकुञ्जले सो गैंडामाथि चढेर फोटो खिच्ने अन्यलाई पनि कारवाही गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस