आमिरमाथि कंगनाको आक्रोश, आलियाले माफी माग्ने

पत्रपत्रिकाबाट

शुक्रबार, २५ माघ २०७५, २० : ४९
आमिरमाथि कंगनाको आक्रोश, आलियाले माफी माग्ने

मुम्बई । बलिउडमा पछिल्लो समय चर्चामा छिन कंगना रनावत। फिल्म ‘मनिकर्णिका’मा झाँसीकी रानी लक्ष्मी बाईको भूमिकालाई लिएर चर्चामा रहेकी कंगनाले आफ्ना सहकर्मीमाथि भने आक्रोश पोखेकी छिन्। आफ्नो फिल्मबारे कलाकारले कुनै प्रतिक्रिया नदिएको भन्दै उनले आक्रोश पोखेकी हुन्।

उनले आलिया भट्ट र आमिर खानको नाम लिएरै आफनो फिल्मलाई प्रवर्द्धनमा सहयोग नगरेको भन्दै आलोचना गरेकी हुन्। उनले एक अन्तर्वार्तामा आलियालाई निशाना बनाउँदै भनिन, ‘यी केटीहरुले आफ्नो फिल्मको ट्रेलर पठाए। जस्तो कि आलियाले राजीको ट्रेलर पठाएर हेर्न भनिन। म आफ्नो शुटिंग रोकेर उनले बोलाउँदा गएँ। तर जब मेरो पालो आयो तब कसैले जवाफसम्म दिएनन। अब धेरै भयो यी कुरा। मैले बन्द गरिदिए, किनकी मलाई कहिल्यै पनि बदलामा प्रशंसा पाइएन।’

कंगनाको आक्रोशपछि सञ्चारमाध्यमसँग कुरा गर्दै आलियाले भनिन्, ‘मलाई लाग्दैन कि कंगना मलाई मन पराउँदिनन्। मलाई यो पनि लाग्दैन कि मैले जानेबुझेर उनलाई निराश गरेको हुला। यदि म बाट यसो भएको छ भने उनीसँग व्यक्तिगत रुपमा माफी माग्नेछु।’

कंगनाको तारिफ गर्दै उनले थपिन, ‘मैले सधै भन्दै आएकी छु कि एक्टिङ्ग र पर्सनालिटीमा उनी धेरै राम्रो लाग्छ। उनी बोल्ड छिन्। यस्तो बाटो छान्नु ठूलो हिम्मतको काम हो। म शुटिङ्गमा व्यस्त थिए, यसकारण म यति भन्न सक्छु कि म कसैलाई निराश गर्न चाहँदिन।’ नागरिक

प्रतिक्रिया दिनुहोस