मनकामना केबलकार पोखरा कप :मनाङ सेमिफाईनलमा प्रबेश

पत्रपत्रिकाबाट

बुधबार, २३ माघ २०७५, २१ : ३१
मनकामना केबलकार पोखरा कप :मनाङ सेमिफाईनलमा प्रबेश

पोखरा । ब्रिगेट व्वाईज क्लबलाई टाईब्रेकरमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब मनकामना केबलकार पोखरा कप २०७५ को सेमिफाईनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक  रुपमा बुधबार भएको खेलमा मनाङले व्रिगेड व्वाईज क्लबलाई टाइब्रेकरमा ५–४ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
भोलि (विहिबार) पहिलो सेमिफाईनल खेलमा सशस्त्र प्रहरी वलको एपिएफ बिरुद्ध जापानको रिस्सो युनिभर्सिटी बिच हुने भएको छ । लिगको छैटों स्थानमा रहेको नेपाल पुलिस क्लवलाई पराजित गर्दै पहुना टोली जापानको रिस्सो युनिभर्सिटी सेमिफाईनलमा यात्रा बनाएको हो । विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफले प्रतिद्धन्दी थ्रि–स्टार क्लवलाई १–० ले पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो ।

प्रतिक्रिया दिनुहोस