– विवेक पोख्रेरल
चितवन । बोष्टन ईन्टरनेशनल कलेज चितवन महोत्सव बम्पर उपहार नवलपुर दलदलेकी रुविना खातुनले हात पारेकी छिन् ।
पुस २५ गतेदेखि माघ ४ गतेसम्म चलेको महोत्सवमा भरिएको ईनक्वायरी फर्म मध्ये आज गरिएको लक्की ड्र मार्फत उनले चितवन महोत्सव बम्पर उपहारको कोर आई फाईभ ल्यापटप जितेकी हुन् ।
व्यवस्थापन संकायमा जिल्लामा उत्कृष्ट नतिजा दिदै आएको कलेजले महोत्सवमा विद्यार्थीहरुलाई कलेज बारेमा थप जानकारी गराउन स्टल राख्दै चितवन महोत्सव बम्पर उपहार राखेको थियो ।
यस्तै अफर अन्र्तगत नै नगरकोटको होटल कन्ट्री भिल्लामा एक रातको लागि आशिक चौधरी, पोखरा बस्न एक जोडी एक रातको लागि पिलिमन गाहा, शतप्रतिशत कलेजको विसिआईएसमा भर्ना गर्न रिसिमा गुरुङ्गं, लक्ष्मण थापा, सन्दीप सापकोटा, सफल श्रेष्ठ, अगम श्रेष्ठ विजेता घोषित गरिएको कार्यक्रम संयोजक सुरज आचार्यले जानकारी गराए ।
यस्तै विविएविआई कार्यक्रम तर्फ निुशल्क एडमिसन फि पाउनेमा क्रमश : रविना श्रेष्ठ, अपेक्षा आचार्य, लिप यादव, मिलन तामाङ्ग, प्रेम विक रहेका छन् । भने विविएविआईको कार्यक्रम तर्फ भर्ना गर्न स्मृति कडेँल, सौरव पौडेल, उर्मिला सहि, शिरिष पोख्रेल, लक्ष्मण गौतम र एमविए तर्फ ५० प्रतिशत छुटमा भर्ना गर्न दिपेन्द्र खड्का घोषित गरिएको कलेजका निर्देशक राजकुमार तामाङ्गले बताए ।
यसअघि महोत्सवमा कलेजले महोत्सव डेली अफर अन्र्तगत विभिन्न उपहारहरु प्रदान गरेको थियो । भने विभिन्न खाले मनोरञ्जनात्मक खेलहरु खेलाईएको थियो । महोत्सव अवधीमा कलेजको ३०४ र ३०५ मा ३ हजार २ सय २१ जनाले भिजिट गरि फर्म भरेका थिए ।
विजेतालाई एक हप्ता भित्र कलेजमा सम्र्पक गर्न अनुरोध गर्दै कार्यक्रम संयोजक आचार्यले विशेष कार्यक्रमकाबीच उपहार प्रदान गर्ने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस