प्रदिप ज्ञवाली भन्छन्,-'फागुनभित्र पार्टी एकता हुन्छ'

बुधबार, २६ पुस २०७४, १५ : ०१
प्रदिप ज्ञवाली भन्छन्,-'फागुनभित्र पार्टी एकता  हुन्छ'

अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रदिप ज्ञवालीले एमाले र माओवादीबीच फागुनभित्र पार्टी एकता हुने दाबी गरेका छन् । बुधबार प्रेस सेन्टर र प्रेस चौतारी नेपालले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता ज्ञवालीले ६० लाख मतदाताले पार्टी एकतालाई अनूमोदन गरिसकेकाले अब एमाले केन्द्रीय कमिटी र माओवादी केन्द्रीय कमिटीले नचाहे पनि पार्टी एकता भई छाड्ने दावी गरे ।

नेता ज्ञवालीले एकताका लागि बैचारिक र नीतिगत संगठनात्मक संरचना बनाउने काम भइरहेको दाबी गर्दै फागुनभरमा पार्टी एकता हुने ठोकुवा गरे । वाम गठबन्धन टुटाउन निर्वाचन आयोगसमेत लागेको आरोप लगाउदै उनले कानुनमै नभएको बखेडा झिकेर निर्वाचन परिणाम सार्वजनिक नगर्नु यसको प्रमाण रहेको जिकिर गरे ।

नेता ज्ञवालीले सरकार गठन गर्न ढिला भए चलखेल गर्न सजिलो हुन्छ भन्ने अभिप्रयाले आयोगले ढिलासुस्ती गरेको दावी गरे ।  नेता ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा नदिई लोकतन्त्र र ताजा जानदेशको अबमूल्यन गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस