म बैंककबाट फर्किएपछि १५ दिनमा पार्टी एकता हुन्छ : ओली

बुधबार, २६ पुस २०७४, १४ : १७
म बैंककबाट फर्किएपछि १५ दिनमा पार्टी एकता हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका छन् ।

बैंकक उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले १५ दिनमै दुई पार्टी एक हुने बताएका छन् ।

ओलीले तत्कालै प्रदेश प्रमुख र प्रदेशको मुकाम तोक्न अनुरोध गरे । यसअघि यो सरकारले चयन गरेका प्रदेश प्रमुखसँग सपथ ग्रहण नगर्ने बताएका ओलीले आज भने तत्कालै प्रमुख र अस्थायी मुकाम तोक्न आग्रह गरे ।

प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष दिन तयार हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “१५ दिनमा नै पार्टी एकता हुँदैछ । को हुन्छ भन्ने त्यसबेला नै थाहा पाउनुहुनेछ ।”
उनले  संविधानअनुसार संवैधानिक निकायै नै नचलेको बताए । उनले जनमतको अवमूल्यन भइरहेको बताए ।

उनले एमाले र माओवादीबीच एकता हुन नदिने षडयन्त्र भइरहेको बताउँदै भने, “कानुन के हो भन्नेबारे गोविन्द केसीसँग सोध्नुस् । पार्टी एकताबारे खुराफातिमा पीएडी गरेकाको ज्यानले अब घाम ताप्नेवाला छ ।”
 

प्रतिक्रिया दिनुहोस